‘कुईनेटो’को अडियो जुकेवक्स सार्वजनिक

film koineto

मिडिया एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘कुईनेटो’को अडियो गीत जुकवक्स सार्वजनिक भएको छ । हाइलाईट्स नेपालले सार्वजनिक गरेको अडियो गीतहरुमा ‘आकासको जुन तिमी’, ‘जलेको जल्यै छ यो मन’ र ‘मै सानी सानी’ रहेका छन् ।
प्रदर्शोन्मुख यस चलचित्रका गीतहरुमा सन्तोष श्रेष्ठ, अनिल विरही र दुर्गा दाहालले संगीत भरेका छन् भने ललीता कुवँर, पुरुषोत्तम लोहनी र दुर्गा दाहालको शब्द युवराज चौलागाई, श्रेयशी चेमजोङ, राज सागर, काव्य आचार्य र दुर्गा दाहालको स्वर रहेको यस चलचित्रमा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी, एन.आर.रिमाल, केशव सापकोटा,मोतीराम जैशी,गंगा भुजेल,किशोर विसी, गोपाल क्षेत्री, रविन्द्र बम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको द्वन्द रहेको यस चलचित्र लाई सुदुर पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको छ्।चलचित्रलाई माधव खरेलले लेखन तथा निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अरु समाचारहरु